४२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सप्तरी जिल्ला तिलाठी गाउँपालिका–५ बसाईन गाउँका २४ वर्षीय सुरेन्द्र सरदार र २० वर्षीय कपुर सरदारलाई साउन २ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले असार ३० गते बलात्कार गरेको भन्दै पीडित महिलाले इलाका प्रहरी कार्यालय बर्दिवासमा असार ३१ गते उजुरी दिएपछि आरोपितहरूलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
पीडित महिलाको स्वास्थ्य परीक्षण बर्दिवास अस्पतालमा असार ३१ गते गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासका असई प्रकाश महतोले जनाए ।