थाहा नगरपालिका-५ की ४३ वर्षीया साहिलीमाया थिङलाई असार ३० गते राति घरमा सुतेको अवस्थामा कुटेर हत्या गरेको आरोपमा प्रहरीले ५२ वर्षीय पति साहिला थिङलाई असार ३१ गते गिरफ्तार गरेको छ ।
राति घरको ढोका नखोलेको झोकमा पतिले कुटेर पत्नीको हत्या गरेको प्रहरीले जनाएको छ । मृतकको शव असार ३१ गते हेटौँडा अस्पतालमा पोष्टमार्टम गरेको छ । पीडित पक्षले इलाका प्रहरी कार्यालय पालुङमा असार ३१ गते उजुरी दिएको छ ।