INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा आठ वर्षकैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा लहान नपा-१८ का ५० वर्षीय दोरिक ठाकुरलाई जिल्ला अदालतले आठ वर्षकैदको फैसला गरेको छ ।

न्यायाधीश सुदर्शनराज पाण्डेको असार २७ गते बसेको इजलासले सो फैसला गरेको सरकारी वकिल जुद्धबहादुर आलेले बताए । उनका अनुसार पीडितलाई २५ हजार रुपियाँ क्षतिपूर्ति दिने समेत फैसलामा उल्लेख छ ।

पीडित बालिकालाई ठाकुरले ०७४ असोज २३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा असोज २४ गते उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालमा असोज २४ गते गरिएको थियो ।

इलाका प्रहरी कार्यालय लहानले आरोपितलाई असोज २३ गते गिरफ्तार गरेको थियो भने जिल्ला अदालतको आदेशमा आरोपित कात्तिक १६ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेका थिए ।

अन्य

भिडियो