INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १० वर्ष कैदको फैसला

आठ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले असार २४ गते सुन्दरहरैँचा नगरपालिका–७ का ६० वर्षीय भिमबहादुर मगरलाई १० वर्ष कैदको फैसला सुनाएको छ ।

न्यायाधीश राजुकुमार खतिबडाको इजलासले मगरलाई १० वर्ष कैदसँगै पीडितलाई ३० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको श्रेष्तेदार नवराज दुलालले बताए ।

पीडित बालिकालाई मगरले गत वैशाख २ गते बलत्कार गरेको भन्दै पीडित पक्षले वैशाख ४ गते इलाका प्रहरी कार्यालय बेलवारीमा उजुरी दिएको थियो ।

मगरलाई प्रहरीले वैशाख ६ गते गिरफ्तार गरी अनुसन्धानपछि वैशाख २७ गते जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख ५ गते धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरीएको थियो ।

अन्य

भिडियो