३३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बोदे बर्साइन नपा-४ का २५ वर्षीय रुपेशकुमार यादवलाई प्रहरीले असार १४ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले असार १० गते बलात्कार प्रयास गरेको भन्दै पीडित महिलाले असार १४ गते इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दिएकी छिन् ।
आरोपितलाई गिरफ्तार गरी असार १५ गते बलात्कार प्रयासको उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कमलरमण भट्टराईले बताए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण लहान नपा-३ स्थित रामकुमार उमाप्रसाद शारदा स्मारक अस्पतालमा असार १४ गते गरिएको छ ।