१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १७ वर्षीय बालकलाई जिल्ला अदालतले असार १२ गते ६ वर्षकैदको फैसला सुनाएको छ ।
न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले आरोपित बालकलाई कैदसँगै ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालत मोरङ २ नम्बर फाँटका नायब सुब्बा युवराज कटुवालले बताए ।
पीडित बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले ०७४ चैत १६ गते इलाका प्रहरी कार्यालय पथरीमा उजुरी दिएको थियो ।
पीडित बालिकालाई आरोपितले चैत १० गते बलात्कार गरेको पीडित पक्षले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ ।
उजुरीपछि प्रहरीले आरोपितलाई चैत १६ गते गिरफ्तार गरी मुद्दा चलाएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत १७ गते धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गरिएको थियो ।