INSEC Online

📅 २०८३ जेष्ठ २१

अनसनरत गङ्गामायाको स्वास्थ्य गम्भीर, द्वन्द्वपीडित र अधिकारकर्मीद्वारा ध्यानाकर्षण

सर्वोच्च अदालतले ०७२ पुस ६ गते सशस्त्र द्वन्द्वकालमा गोरखा फुजेलका १७ वर्षीय कृष्णप्रसाद अधिकारीको हत्याका मुख्य आरोपित छवलिाल पौडेललाई पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश कार्यान्वयनका लागि माग गर्दै २९ दिनदेखि आमरण अनसनरत गङ्गामाया अधिकारीको स्वास्थ्य चिन्ताजनक भएको भन्दै द्वन्द्वपीडित र अधिकारकर्मीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।

द्वन्द्वकै अवधिमा अधिकारीलाई तत्कालीन माओवादी कार्यकर्ताले ०६१ जेठ २४ गते अपहरण गरी हत्या गरेको आरोप छ । छोराको हत्यामा संलग्नको पहिचान गरी कारबाहीको माग गर्दै अनसन बसेकै अवस्थामा नन्दप्रसाद अधिकारीको मृत्यु भएको छ । ३ सय ३४ दिन लामो अनसनका क्रममा ०७१ असोज ६ गते वीर अस्पतालमै नन्दप्रसादको मृत्यु भएको हो । उनको शव अहिले पनि त्रिविवि शिक्षण अस्पतालमा राखिएको छ ।

 पटकपटक न्यायको माग गर्दै सत्याग्रहमा उत्रिएकी गङ्गामाया ०७५ जेठ १५ गतेदेखि आमरण अनसनमा रहेकी छन् । वीर अस्पतालमा राखिएकी गङ्गामायाले त्यहीँ अनसन थालेकी हुन् । छोराको हत्यामा संलग्नलाई कारबाही प्रक्रिया अगाडि नबढाए अनसनकै माध्यामबाट देहत्याग गर्ने उनले चेतावनी दिएकी छन् ।

अन्य

भिडियो