INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिलगुफा नपा-४ का २७ वर्षीय लक्ष्मण शाही र सोही ठाउँका ३० वर्षीय दिपेन्द्र शाहीलाई असार १२ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितहरूले ०७४ मङ्सिर १२ गते साँझ अपहरण गरी बलात्कार गरेको आरोपमा पीडित पक्षले ०७४ मङ्सिर २१ गते जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीपछि फरार रहेका आरोपितहरूलाई गिरफ्तार गरी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर निरज चौलागाईँले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल कालिकोटमा गरिएको थियो ।

अन्य

भिडियो