६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा धनुषा पर्साही-१ घर भई हाल कटारी नगरपालिका -२ मा बस्दै आएका ५३ वर्षीय रामगुलाफ साह तेलीलाई जिल्ला अदालतले असार ५ गते १० वर्षकैद र १५ हजार रुपियाँ क्षतिपूर्तिको फैसला सुनाएको छ ।
०७३ चैत १० गतेदेखि पुर्पक्षका लागि थुनामा रहेका तेलीलाई न्यायाधीश तीर्थराज केसीको इजलासले सो फैसला सुनाएको हो ।
पीडित बालिकालाई साहले ०७३ फागुन १४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय कटारीमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन १४ गते जिल्ला अस्पतालमा गरिएको थियो ।