INSEC Online

📅 २०८३ जेष्ठ २१

अज्ञात समूहले चलाएको गोलीले एक जना घाइते

देवानगञ्ज गाउँपलिका-७ राजगञ्जसिनुवारीमा असार ३ गते मध्यराति गोली चलेको छ । अज्ञात व्यक्तिहरूको समूहले चलाएको गोली लागी राजगञ्जसिनुवारीका चन्दन यादव घाइते भएका छन् ।

स्थानीय चन्दन यादवलाई लक्षित गरेर राति गोली चलेको र टाउकोमा गोलीको छर्रा लागेर यादव घाइते भएको स्थानीयहरूले बताएका छन् ।

गोलीको छर्रा लागेर यादव घाइते भएका र उनको उपचार विराटनरको न्यूरो अस्पतालमा भइरहेको स्थानीय रविन यादवले जानकारी दिए ।

५-६ जनाको समूहमा रहेका अज्ञात व्यक्तिहरूले चलाएको गोलीले यादवको निधारमा चोट लागेको हो ।

घटनाको बारेमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका एसपी राजन अधिकारीले जानकारी दिए ।

ती अज्ञात व्यक्तिहरूले यादव घरबाट निस्किने बेलामा गोली चलाएको आवाज आएपछि प्रहरीले घेराहाली उनीहरूलाई भगाउन थप एक राउण्ड फायर गरेको अधिकारीले बताए ।

घाइते यादवको विराटनगरमा उपचार भइरहेको छ भने जिल्ला प्रहरी कार्यालयको टोलीले घटनाको अनुसन्धान थालेको छ ।

अन्य

भिडियो