१५ वर्षीया बालिकाको विवाह गराएको आरोपमा प्रहरीले फालेलुङ गाउँपालिका-२ का ६४ वर्षीय चन्द्रबहादुर खत्री र उनकी ६१ वर्षीया पत्नी देवीमाया खत्रीलाई जेठ २७ गते गिरफ्तार गरेको छ ।
जिल्ला अदालतको फैसला अनुसार कैद तथा जरिबाना तोकिएका फरार प्रतिवादीहरूलाई खोजी गर्ने क्रममा कसुरदारहरूलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बामदेव गौतमले बताए । उनीहरूलाई जिल्ला अदालतले ०७२ असार २४ गते जनही ५ हजार रुपियाँ जरिबानाको फैसला गरेको थियो ।
तेह्रथुम जिल्लाको इवा गाविस-९ का २५ वर्षीय मोहन थपलियासँग ०७१ मङ्सिर २५ गते पीडित बालिकाको विवाह गराएको भन्दै ०७१ पीडित पक्षले माघ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
प्रहरीले खत्री दम्पतीलाई फागुन ११ गते गिरफ्तार गरेको थियो । जिल्ला अदालतले फागुन २७ गते जनही रु. १० हजार धरौटीमा छाड्न दिएको आदेश दिएको थियो । गिरफ्तार गरिएका कसुरदारहरूलाई जिल्ला अदालत बुझाइने डिएसपी गौतमले बताए ।