६ वर्षीया बालिकालाई जेठ २५ गते बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई जेठ २६ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले बलात्कार गरेको आरोपमा पीडित पक्षले जेठ २६ गते गरेको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी कुवेर कडायतले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ २६ गते जनकपुर अञ्चल अस्पतालमा गरिएको छ ।