INSEC Online

📅 २०८३ जेष्ठ २१

बन्चरो प्रहार गरी पत्नीको हत्या

चाँगुनारायण नपा–७ खरिपाटी वागेश्वरी बस्ने २८ वर्षीया सलेना माझीलाई पति २९ वर्षीय उमेश माझीले जेठ २५ गते बिहान बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

बन्चरो प्रहारबाट घाइते भएकी सलेनाको उपचारको क्रममा न्यूरो अस्पताल बाँसबारीमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी हिमालयकुमार श्रेष्ठले जानकारी दिए । आरोपितले मृतकको टाउकोमा बन्चरो प्रहार गरिएको थियो ।

पत्नीलाई बञ्चरो प्रहार गरी फरार रहेका उमेश माझीको खोजी र घटनाको अनुसन्धान सुरू गरेको एसपी श्रेष्ठले बताए ।

अन्य

भिडियो