नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपायुनिष्ट पार्टीका तीन जना कार्यकर्तालाई जेठ २४ गते गिरफ्तार गरिएको छ ।
माओवादीमा संलग्न भएर भूमिगत गतिविधि गरेको आरोप लगाउँदै ऐंसेलुखर्क गाउँपालिका–६ ज्यामिरे घर भई देउराली मावि रावाबेँसी गाउँपालिका डुम्रेधारापानीका शिक्षक ५२ वर्षीय जीवन राई, डुम्रेधारापानीका ५४ वर्षीय चुडाबहादुर मगर र ५१ वर्षीय ऋषिराम बिकलाई प्रहरीले गिरफ्तार गरेको हो ।
प्रहरीले जीवनलाई पढाईरहेको ठाउँबाट र अन्य दुईजनालाई घरैमा काम गरिरहेको अवस्थामा गिरफ्तार गरेको पीडित पक्षको आरोप छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी लोकदर्शन थापाले विप्लवका कार्यकर्ताहरूलाई कानुन अनुसार कारबाही गर्ने बताए
यसैबिच सो पार्टीले खोटाङमा व्यापक चन्दा आतङ्क फैलाएका छन् । जनक्रान्तिलाई सफल पार्न भन्दै उनीहरूले यस जिल्ला अन्तर्गत रहेको गाउँपालिका, नगरपालिका तथा वडाहरूमा पत्र पठाएर चन्दा माग गरेका हुन् ।
उनीहरूले प्रत्येक गाउँपालिकालाई ५ लाख र गाउँपालिकाभित्रका प्रत्येक वडालाई ५०–५० हजार रूपियाँ चन्दा माग गरेका हुन् । चन्दा माग गरेपछि गाउँमा त्रास फैलिएको जनाइएको छ ।