INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले जेठ २० गते ३३ वर्षीय पतिलाई गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले जेठ १९ गते कुटपिट गर्दै बलात्कार गरेको आरोपमा पीडित महिलाले जेठ २० गते जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि सोही दिन गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय मोरङकी इन्स्पेक्टर जमुना बस्नेतले बताइन् ।

पाठेघरको समस्या भएर उपचार गराइरहेकी पीडित महिलालाई उपचार अवधिभर आराम गर्न र शारीरिक सम्बन्ध नराख्न डक्टरले सुझाव दिएको भएपनि पतिले एक महिना यता कुटपिट गर्दै जबरजस्ती यौन सम्बन्ध राख्दै आएको पीडितले गुनासो गरेकी छन् ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ २१ गते विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो