INSEC Online

📅 २०८३ जेष्ठ २१

कथित बोक्सी आरोपमा कुटपिट गरेको कसुरमा पाँच वर्ष कैदको फैसला

घोडाघोडी नगरपालिका-५ देउकलियाकी २० वर्षिया राधा चौधरीलाई गत फागुन २४ गते कथित बोक्सीको आरोपमा कुटपिट गरेको कसुरमा भोलेबाबा भनिने रामबहादुर चौधरीसहित तीन जनालाई जिल्ला अदालत कैलालीले दोषी ठहर गर्दै जेठ १७ गते पाँच वर्ष कैद गर्ने फैसला सुनाएको छ ।

न्यायाधीश पर्शुराम भट्टराईको इजलासमा घोघोडाघोडी नगरपालिका-५ देउकलियाका २३ वर्षीय रामबहादुर चौधरीलाई पाँच वर्ष कैद सजाय र १ लाख रुपियाँ जरिवाना भराउने फैसला गरेको जिल्ला अदालत कैलालीले जनाएको छ ।

सोही ठाँउका रामबहादुर चौधरीका सहयोगी २३ वर्षीया किस्मती चौधरीलाई एक वर्ष र २१ वर्षीया स्मारिका चौधरीलाई ६ महिना कैद फैसला भएको जिल्ला अदालत कैलालीका नासु भानुभक्त पान्डेले बताए ।

अन्य

भिडियो