INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा तीन वर्ष कैदको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा फिदिम नपा–१२ का ४६ वर्षीय श्याम लिम्बू भनिने  श्यामप्रसाद हाङसरुम्बालाई जिल्ला अदालतले जेठ १७ गते तीन वर्ष कैदको फैसला गरेको छ ।

न्यायाधीश मनोज केसीको इजलासले सो फैसला गरेको अदालतका श्रेस्तेदार मोहन जवेगूले बताए । पीडित बालिकालाई हाङसरुम्बाले ०७४ जेठ २० गते बलात्कार गरेको आरोपमा जेठ २३ गते पीडितका आफन्तले प्रहरीमा उजुरी दिएका थिए ।

प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ २३ गते जिल्ला अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो