अपाङ्गता भएकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बाँसगढी नपा-६ दमौलीका ६७ वर्षीय देवी सुनारलाई १३ वर्षकैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश किरणकुमार पोखरेलको इजलासले जेठ १३ गते उक्त फैसला गरेको हो । अदालतले बलात्कार गरेको कसुरमा आठ र पीडित बालिका अपाङ्गता भएकाले थप पाँच वर्षगरी १३ वर्षकैद सजायको फैसला सुनाएको अदालतका श्रेष्तेदार हिरण्यप्रसाद भण्डारीले बताए ।
पीडित बालिकालाई सुनारले ०७४ वैशाख १२ गते बलात्कार गरेको भन्दै स्थानीयबासीले आरोपितलाई समातेर सोही दिन प्रहरी कार्यालयमा बुझाएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल गुलरियामा ०७४ वैशाख १३ गते गरिएको थियो ।