INSEC Online

📅 २०८३ जेष्ठ २१

बालकृष्ण ढुङ्गेललाई माफीको सिफारिसप्रति द्वन्द्वपीडित साझा चौतारीको गम्भीर ध्यानाकर्षण

तत्कालीन विद्रोही नेकपा (माओवादी)का नेता बालकृष्ण ढुङ्गेललाई माफीका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँले नेपाल सरकारलाई सिफारिस गरेको निर्णय प्रति द्वन्द्वपीडित तथा पारिवारिक सङ्गठन द्वन्द्वपीडित साझा चौतारीले जेठ ११ गते विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष भागिराम चौधरीले हस्ताक्षर गरी ध्यानाकर्षण भएको जनाएका हुन् ।

विज्ञप्तिमा भनिएको छ-‘ओखलढुङ्गा जिल्लाका उज्जनकुमार श्रेष्ठको हत्याका दोषी बालकृष्ण ढुङ्गेललाई, नेपालको कारागार नियमावली अनुसार ४० प्रतिशत कैद सजाय भुक्तान गरेको र असल चालचलन भएको भनी कैद मुक्त गर्न लागिएको छ । तर, हत्या जस्तो गम्भीर अपराध ठहर भएका निजलाई राजनीतिक आडभरोसामा असल चालचलन मापन गर्नु न्यायको पक्षमा छैन । साथै शसस्त्र द्वन्द्वको क्रममा गरिएका गम्भीर मानव अधिकार उल्लङघन तथा अपराधका दोषीलाई यति सजिलै माफी दिनु राज्यको ठूलो भुल हुनेछ । यर्सथ ठूलो हिस्सामा रहेका अन्य पीडित समुदायको न्यायको बाटोमा समेत अवरोध खडा गरेको अर्थमा लिन सकिन्छ ।’

अन्य

भिडियो