INSEC Online

📅 २०८३ जेष्ठ २१

सामूहिक बलात्कारको कसुरमा पाँच जनालाई कैद फैसला

३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत गुल्मीले पाँच जनालाई दोषी ठहर गर्दै कैद सजाय तोकेको छ ।

गुल्मीको मुसिकोट नपा-१ का १८ वर्षीय बुद्ध नेपाली र एक १६ वर्षीय बालकलाई जनही दश वर्षकैद र २५ हजार रुपियाँ जरिवाना तोकेको हो । न्यायाधीश रामप्रसाद न्यौपानेको जेठ १० गतेको इजलासले घटनाका अर्का आरोपित १० वर्षीय बालकलाई पनि पाँच वर्षकैद र २५ हजार रुपियाँ जरिवानाको फैसला सुनाएको छ । सोही घटनाका अन्य आरोपित २४ वर्षीय ध्रुव थापा र १८ वर्षीय हरिबहादुर खत्रीलाई भने तीन महिना कैद सजायको फैसला सुनाएको जिल्ला अदालतका श्रेस्तेदार दुर्गा बस्यालले जानकारी दिए । आरोपितहरूले ०७४ असोज १५ गते पीडितलाई सामुहिक बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडितको स्वास्थ परीक्षण जिल्ला अस्पताल, गुल्मीमा असोज १५ गते गरिएको थियो ।

अन्य

भिडियो