INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट घटनाका आरोपित पतिविरूद्ध प्रहरीमा उजुरी, आरोपित फरार

पत्नीलाई लठ्ठीले कुटपिट गरेको घटनाका आरोपित बाँसगढी नपा-७ बभनपुरुवाका ३२ वर्षीय दशरथ यादवलाई कानुनी कारबाहीको मागगर्दै पीडित पक्षले जेठ ९ गते इलाका प्रहरी कार्यालय बाँसगढीमा उजुरी दिएको छ ।

पतिको कुटपिटबाट टाउकोमा रगत जमेकी ३० वर्षीया छोटकनी यादवको बाँकेस्थित मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । छोटकनीको बायाँतर्फो कानमा समेत चोट लागेको छ ।

पतिले कुटपिट गरी घाइते भएपछि छोटकनका माइतीले उनलाई उपचारको लागि कोहलपुर मेडिकल कलेजमा उपचारको लागि जेठ ७ गते भर्ना गरेका थिए ।

घरायसी विषयमा विवाद हुँदा पतिले जेठ ७ गते कुटपिट गरेको आरोपमा माइती पक्षबाट पति विरुद्ध प्रहरीमा उजुरी दर्ता गरेको छोटकनका जेठाजु लेखराज यादवले बताए ।

टाउकोमा रगत जमेका कारण शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएको स्थानीयबासी रुपा पाण्डेयले बताइन् । आर्थिक अवस्था कमजोर रहेकी छोटकनको थप उपचारमा समस्या भएको पाण्डेले बताइन् ।

घटनापछि आरोपित दशरथ फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीले आरोपितको खोजी भइरहेको र फेला पर्ने बितिक्कै गिरफ्तार गरी कानुनी कारबाही अगाडि बढाउने इलाका प्रहरी कार्यालय बाँसगढीका सई रविलाल अस्लामीले बताए ।

प्रहरीले छोटकनका ससुरा मिहिलाल अहिरलाई जेठ १० गते गिरफ्तार गरेको छ । फरार रहेका दशरथको खोजीका लागि बावुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो