११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा याङ्वरक गाँउपालिका-४ का २९ वर्षीय कविन्द्र सुन्दास दर्जीलाई जिल्ला अदालतले जेठ ८ गते १० वर्षकैदको फैसला सुनाएको छ ।
न्यायाधीश मनोज केसीको इजलासले कैदसँगै ५० हजार रुपियाँ क्षतिपूर्तिसमेत भराउने फैसला सुनाएको हो ।
पीडित बालिकालाई दर्जीले ०७४ माघ ७ गते बलात्कार गरेको आरोपमा पीडितका आफन्तले माघ ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
प्रहरीले ०७४ माघ २३ गते आरोपितविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ ८ गते गरिएको थियो ।