INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा ६ वर्षकैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले पथरीशनिश्चरे नपा-७ का २२ वर्षीय दीपक रसाइलीलाई जेठ ७ गते ६ वर्षकैदको फैसला सुनाएको छ ।

न्यायाधीश नवराज दाहालको इजलाशले कैदसँगै २५ हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला सुनाएको श्रेष्तेदार नवराज दुलालले बताए ।

रसाइलीले विवाह गर्छु भन्दै बालिकालाई फकाएर आफ्नै घर लगि गत फागुन ३० गते बलात्कार गरेको पीडितका आफन्तको भनाई छ ।

पीडित परिवारको उजुरीका आधारमा रसाईलीलाई चैत १ गते प्रहरीले गिरफ्तार गरी अदालतमा पेश गरेको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत १ गते कोशी अञ्चल अस्पताल विराटनगरमा गरिएको थियो ।

अन्य

भिडियो