INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १० वर्षकैदको फैसला

१४ वर्षीया बालिकालाई ०७४ कात्तिक २४ गते बलात्कार गरेको कसुरमा भरतपुर महानगरपालिका-५ का २४ वर्षीय सरोज रसाइलीलाई जिल्ला अदालतले जेठ ३ गते १० वर्षकैदको फैसला सुनाएको छ ।

न्यायाधीश वासुदेव न्यौपानको इजलासले यस्तो फैसला सुनाएको हो । पीडित पक्षले ०७४ कात्तिक २६ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएकी थिइन् । रसाइलीलाई प्रहरीले कात्तिक २६ गते नै गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक २६ गते भरतपुर अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो