१३ वर्षीया बालिकालाई बलात्कार गरी गर्भ बोकाएको आरोपमा १५ वर्षीय बालकलाई जिल्ला प्रहरी कार्यालय सिरहाले वैशाख २५ गते गिरफ्तार गरेको छ ।
पीडित पक्षका अनुसार पीडित बालिकालाई आरोपितले माघ महिनादेखि पटकपटक बलात्कार गरेको बालिकाले बताएकाले प्रहरीमा उजुरी दिइएको हो ।
पीडित बालिकाको अढाई महिनाको गर्भ रहेको थाहा भएपछि पीडित पक्षले कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा वैशाख २५ गते उजुरी दिएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा वैशाख २५ गते गरिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका इन्स्पेक्टर बिरेन्द्र ठाकुरका अनुसार आरोपित बालकलाई गिरफ्तार गरी आवश्यक कानुनी प्रकृया अगाडि बढाएको बताए ।