INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सम्सी गाउँपालिका-४ का २० वर्षीय लक्ष्मेश्वर महतो नुनीयालाई वैशाख २५ गते गिरफ्तार गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका एसपी कुवेर कडायतले दिएको जानकारी अनुसार पीडित बालिकालाई वैशाख २३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपित नुनीयालाई गिरफ्तार गरिएको हो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल जलेश्वरमा वैशाख २५ गते गरिएको छ ।

अन्य

भिडियो