INSEC Online

📅 २०८३ जेष्ठ २२

युवतीलाई जबरजस्ती सिन्दुर हाली फेसबुकमा फोटो हालेको आरोपमा उजुरी

१९ वर्षीया युवतीलाई लहान नपा-१३ का २४ वर्षीय प्रेमकुमार यादवले जबरजस्ती सिन्दुर हाली फेसबुकमा फोटो हालेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा वैशाख २१ गते उजुरी दिएको छ ।

पीडित पक्षका अनुसार पीडित युवतीलाई आरोपितले वैशाख ८ गते घर नजिकैको बगैँचामा लगी जबरजस्ती सिन्दुर हाली आफ्नो फेसबुक आइडीको प्रोफाइल तस्विरमा राखेका थिए ।

वैशाख १३ गते आफ्नो विवाह तय भएकाले विवाह रोक्न सिन्दुर हाली विवाह रोकाएकाले कारबाहीको लागि प्रहरीमा उजुरी दिएको पीडित युवतीले बताइन् ।

इलाका प्रहरी कार्यालय लहानका इन्सपेक्टर राम बहादुर ढकालका अनुसार घटनाको विस्तृत अनुसन्धान गरी कारबाही प्रकृया अगाडि बढाउने बताए ।

अन्य

भिडियो