INSEC Online

📅 २०८३ जेष्ठ २१

पतिको कुटपिटबाट घाइते भएकी उपमेयरले गरिन् मिलापत्र

ललितपुर जिल्लाको गोदावरी नगरपालिकाका उपमेयर मुना अधिकारीलाई उनका पति ध्रुव कुँवरले वैशाख १८ गते राति कुटपिट गरी घाइते बनाएपछि प्रहरीकोमा उजुरी गर्न पुगेकी उपमेयर र आरोपितबिच वैशाख १९ गते मिलापत्र भएको छ ।

न्यायिक समिति संयोजक समेत रहेकी अधिकारीका पति ध्रुव कुँवरले वैशाख १८ गते राती घरायसी विवादमा कुटपिट गरेका थिए ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोका इन्स्पेक्टर सुन्दर चौलागार्इँले कुटपिटपछि उपप्रमुखकको आँखामा गम्भीर चोट लागेको र शरीरभरी निलडाम रहेको जानकारी दिए ।

उपचारपछि घर फर्किएकी उपमेयर अधिकारीका पतिलाई प्रहरीले वैशाख १८ गते राति नै नियन्त्रणमा लिएर महानगरीय प्रहरी परिसर जाउलाखेलमा राखिएको थियो ।

उपमेयर अधिकारीले घटना अगाडि नबढाउने भनेपछि प्रहरी नियन्त्रणमा रहेका ध्रुव कुँवरलाई प्रहरीले छाडेको महानगरीय प्रहरी परिसर जाउलाखेल महिला तथा बालबालिका सेवा केन्द्रकी इन्स्पेक्टर चञ्चला श्रेष्ठले बताइन् ।

अन्य

भिडियो