८३ वर्षीया बृद्धालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले रोङ गाउँपालिका-४ का २३ वर्षीय सुदिप गुरूङलाई वैशाख १८ गते गिरफ्तार गरेको छ ।
पीडित बृद्धालाई आरोपितले वैशाख १६ गते बलात्कारको प्रयास गरेको पीडित वृद्धाको आरोप छ । पीडित बृद्धाले प्रतिकार गर्दा आरोपितको प्रहारबाट पीडितको जिब्रोमा चोट लागेको र उनको झापाको विर्तामोडस्थित विर्ता सिटी अस्पतालमा उपचार गरिरहेको इलामका डिएसपी रमेश बस्नेतले बताए ।
पीडितकी छोरीले आमामाथि बलात्कार प्रयास भएको भन्दै आरोपितविरूद्ध वैशाख १७ गते इलाका प्रहरी कार्यालय पशुपतिनगरमा उजुरी दिएपछि गुरुङलाई गिरफ्तार गरिएको हो ।