१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १३ वर्षीय तीनजना र ११ वर्षीय एकजना गरी बालकलाई वैशाख १६ गते गिरफ्तार गरेको छ ।
त्यस्तै १३ वर्षीय अन्य दुईजना बालक फरार रहेको प्रहरीले जनाएको छ । पीडित बालिका विद्यालयबाट घर फर्कने क्रममा आरोपित ६ जनाले ०७४ चैत ६ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीमा उजुरी परेपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनायो ।
यौन दुर्व्यवहारको घटना अरूलाई भने विद्यालय आउन नदिने भनेर आरोपितहरूले भनेका कारण चुप लागेकी बालिकाले संवेदनशील अङ्गमा लागेको चोट निको नहुँदा घटनाबारे अभिभावकले ढिलोगरी पत्तो पाएका थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण र उपचार राप्ती उपक्षेत्रीय अस्पतालमा वैशाख १६ गते गरिएको छ ।