INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले वडा प्रहरी कार्यालय वालिङमा वैशाख १६ गते उजुरी दर्ता गराएको वडा प्रहरी कायालय वालिङले जनाएको छ ।

पीडित युवतीलाई भिरकोट नगरपालिका-२ बस्ने ४५ वर्षीय फत्ते भन्ने रहमद अलिमियाले ०७४ पुस ८ गते बलात्कार गरेको पीडित युवतीले निवेदन दर्ता गराएको वडा प्रहरी कार्यालय वालिङका सई नवराज केसीले बताए ।

शारीरिक रूपमा अशक्त रहेकी किसोरीको पेटमा गर्भ रहेपछि परिवारले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा लगि ०७४ चैत १८ गते गर्भपतन गराएको बताउदै आरोपी हाल फरार रहेको र खोजी कार्य जारी रहको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो