१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बकैया गाउँपालिका १२ का ३६ वर्षीय रत्नबहादुर घलेलाई वैशाख १५ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले वैशाख २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले फापरवारी इलाका प्रहरी कार्यालयमा वैशाख ३ गते उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख ५ गते हेटौँडा अस्पतालमा गरिएको छ ।