१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका-१ का ५० वर्षीय रामप्रित मण्डलविरूद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा वैशाख ११ गते उजुरी दिएको छ ।
पीडित बालिकालाई आरोपितले वैशाख १० गते बलात्कार गरेको आरोपमा कारबाहीका लागि उजुरी दिएको पीडित पक्षले जनायो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख ११ गते गरिएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी गजुसिद्धि बज्राचार्यका अनुसार आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको जानकारी दिए ।