क्यामिन गाविस-६ की ७५ वर्षीया पुतली नेपालीलाई ४० वर्षीय छोरा देवबहादुरले साउन २२ गते राती कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
रातको समयमा गुहार मागेको सुनेपछि स्थानीय छरछिमेकीहरू नेपालीको घरमा पुग्दा पुतलीको मृत्यु भैसकेको प्रहरीको भनाई छ ।
गाउँलेहरुले घटनाबारे तत्कालै प्रहरीमा खबर गरेका थिए । प्रहरी २२ गते राति नै घटनास्थल पुगेपनि आरोपितलाई गिरफ्तार गर्न भने सकेन । जिल्ला प्रहरी कार्यालयका अनुसार आरोपित २३ गते साँझसम्म फरार रहेका छन् ।
मृतक पुतलीको शवको पोष्टमार्टम दमौली अस्पतालमा साउन २३ गते भएको छ ।