INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट गरी बाबुको हत्या, घटनाका आरोपित गिरफ्तार

७५ वर्षीय बुवा दानबहादुर शाहीको हत्या गरेको आरोपमा कनकासुन्दरी गाउँपालिका –४ का ३५ वर्षीय ऐनबहादुर शाहीलाई प्रहरीले साउन १२ गते गिरफ्तार गरेको छ ।

मदिरा सेवन गरी घर आएका ऐनबहादुरले साउन ११ गते राती कुटपिट गरी हत्या गरेको डिएसपी लालबहादुर धामीले बताउनुभयो ।

घटना पछि घाइते भएका शाहीलाई उपचारको लागि सदरमुकाम ल्याउँदै गर्दा कनकासुन्दरीकै कोटघरमा मृत्यु भएको र शव पोष्टमार्टम कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा गरिएको डिएसपी धामीको भनाई छ ।

मृतक शाहीका जेठा छोरा दिर्घबहादुर शाहीले साउन १३ गते घटनाका आरोपित कान्छो भाइ दानबहादुर बिरूद्ध जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान सम्बन्धी उजुरी दिएको इन्सेकलाई बताउनुभयो ।

अन्य

भिडियो