INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बेसीशहर  नगरपालिका– २ का २७ वर्षीय सुनिल लामिछानेलाई मङ्सिर १५ गते गिरफ्तार गरेको छ।

पीडित बालिकाको अभिभावकले मङ्सिर १५ गते उजुरी हालेपछि आरोपितलाई उक्त दिन नै गिरफ्तार गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका इन्स्पेक्टर जगदिश रेग्मीले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल लमजुङमा मङ्सिर १५ गते गरिएको थियो।

अन्य

भिडियो