INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहारका आरोपितलाई चौध महिना कैद

१५ वर्षीया बालिका माथि यौन दुर्व्यवहार घटनाका आरोपित ठाँटीकाँध गाउँपालिका–६ लकान्द्रका २४ वर्षीय हिमाल थापालाई दैलेख जिल्ला अदालतले १४ महिना कैद फैसला सुनाएको छ ।

आरोपितले पीडित बालिका जङ्गलमा पैदल हिडिरहेको बेला बलात्कारको उद्देश्यले हातपात गरेको पुष्टि भएकोले असार २९ गते जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट उक्त सजाय भएको अदालतका श्रेस्तेदार इन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

मङ्सिर १ गते बलात्कारको उद्देश्यले लछारपछार गरेको भन्दै पीडित पक्षले प्रहरी चौकी पालतडामा दिएको उजूरीको आधारमा जिल्ला प्रहरी कार्यालय दैलखले मङ्सिर ५ गते आरोपितलाई गिरफ्तार गरेको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर ५ गते दैलेख जिल्ला अस्पतालमा भएको थियो ।

अन्य

भिडियो