INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले शान्तिनगर गाउँपालिका–५ का ४१ वर्षीय लालबहादुर विकलाई असार ३१ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले असार २९ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितपक्षले असार ३१ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा असार ३१ गते उजुरी दिएको इन्स्पेक्टर चक्रडम्वर पालले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

घटनालाई गाउँघरको कुरा भन्दै मिलाउन दवाव दिएकाले ढिलो गरि उजुरी दिएको पीडितका आफन्तले  इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

पीडितको  स्वास्थ्य परीक्षण असार ३१ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको छ ।

अन्य

भिडियो