INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

२३ र २५ वर्षीया महिलाहरूलाई कुबेत पठाइ दिने प्रलोभन देखाएर भारत तर्फ लैजादै गरेको आरोपमा प्रहरीले स्याङ्गजा जिल्ला चापाकोट गाउँपालिका–२ घरभई बुटवल उपमहानपा–५ गोलपार्क बस्ने ४० वर्षीय  मिठ्ठु परियारलाई फागुन १८ गते भैरहवाबाट गिरफ्तार गरेको छ ।

आरोपितले पीडित महिलाहरुलाई फागुन १८ गते भारत लैजादै गरेको अवस्थामा नेपाल प्रहरी र माइती नेपालको सहकार्यमा पीडितको उद्दार र आरोपितलाई गिरफ्तार गरिएको  जिल्ला प्रहरी कार्यालयका डिएसपी खडकबहादुर खत्रीले बताउनु भयो ।

पीडितद्वयले  फागुन १९ गते दिएको उजुरीका आधारमा प्रहरीले मानव बेचबिखन तथा ओसार पसार कसुरमा कारवाही अगाडि बढाएको प्रहरीले जनायो ।

पीडितद्वयको स्वास्थ्य परीक्षण फागुन १९ गते भीम अस्पताल, भैरहवामा गरिएको प्रहरीले जनायो ।

 

अन्य

भिडियो