२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका-१३ पिडारीका २८ वर्षीय मुकेश यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाले २०८२ असार ५ गते गिरफ्तार गरेको छ ।
आरोपित यादवले पीडित महिलालाई जेठ २८ गते आँपको बगैँचामा सुतिरहेको अवस्थामा धाक धम्की दिई बलात्कार गरेको पीडित पक्षो आरोप छ ।
पीडितको स्वास्थ्य परीक्षण जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा असार १ गते भयो।
आरोपित यादवलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको इन्स्पेक्टर सागर कार्कीले जानकारी दिनुभयो ।