INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कोन्ज्योसोम गाउँपालिकाबाट ६३ वर्षीय बुवालाई प्रहरीले साउन १० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई ललाईफकाई ०७८ असार ८ गते आफ्नै घरमा बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन महानगरीय प्रहरी वृत्त चापागाउँमा उजुरी दिएको थियो ।

बलात्कारको घटनापछि फरार रहेका आरोपितलाई गरिफ्तार गरी साउन १० गते नै ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखि अनुशन्धान थालिएको महानगरीय प्रहरी परिसर जावलाखेलका एसपी प्रज्वल महर्जनले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १० गते पाटन अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो