INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाको कसुरमा १० वर्ष कैद फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाको कसुरमा भेरी नपा–३ का १९ वर्षीय प्रवेश शाहलाई अदालतले १० वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्लाअदालतकान्यायाधीशदेवकुमार गिरीको इजलासले ०७७असार ३० गते १० वर्ष कैद सजायको फैसला सुनाएको जिल्लाअदालतजाजरकोटका डिठ्ठा रामसिंह ठकुरीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनुभयो ।

डिठ्ठा सिहंकाअनुसार उक्त घटनामा संलग्नभएको भनिएका भेरी नपा–३ का १९ वर्षीय रविन परियार र १९ वर्षीय उमेश विकले अदालतबाट सफाई पाएका छन् ।

बालिकालाई ०७६ असोज १४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध ०७६ असोज १७गते जिल्लाप्रहरी कार्यालयमाउजुरी दिएको डिएसपी किशोर कुमार श्रेष्ठले बताउनुभयो ।

आरोपितहरूलाई प्रहरीले ०७६ असोज १६ गते गिरफ्तार गरी कानुनी कारबाही अघि बढाएकोमाजिल्लाअदालतको ०७६ कात्तिक १५ गतेको आदेशमा आरोपितहरू पूर्पक्षकालागि थुनामा थिए ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल जाजरकोटमा ०७६ असोज १६ गते गरिएको थियो ।

अन्य

भिडियो