INSEC Online

📅 २०८३ जेष्ठ २१

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिका बलात्कार घटनाका आरोपित शारदा नगरपालिका–१ श्रीनगर का ४५ वर्षीय हिमराज बुढाथोकीलाइ साउन २४ गते गिरफ्तार गरेको डिएसपी ढकेन्द्र खतिवडाले बताउनुभयो ।

३ हजार रुपियाँ दिएर श्रीनगर स्थित होटलमा काम लगाइदिने भनेर ल्याएको तर होटलमा नलिइ बाख्रा फर्ममा जाउँ भन्दै सुकेखोला जंगलमा लिएर साउन २३ गते बलात्कार गरेको पीडित बालिकाले इन्सेक प्रतिनिधि मिना बुढाथोकीलाइ बताउनुभयो ।

होटलमा सरसफाइको काममा लगाउने भनेर बुवासँग स्वीकृति लिएपनि आफूले जान नमानेपछि जबरजस्ती घरबाट लगेको बालिकाको आरोप छ ।

डिएसपी खतिवडाले पीडित बालिकाको पारिवारिक अवस्थाबारे इन्सेकलाई बताएपछि इन्सेकको पहलमा साउन २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

घटना हुँदाको समयमा पीडितले लगाएको कपडालाइ नमूना परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाउनु पर्ने भएकाले अर्को जोर कपडा खरीद गर्ने अवस्थासम्म नभएपछि इन्सकेको पहलमा पीडित बालिकालाइ नयाँ कपडाको समेत व्यवस्था गरिएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सल्यानमा साउन २४ गते भएको अस्पतालका निमित्त प्रमुख भिमकान्त जैसीले बताउनुभयो ।

अन्य

भिडियो