INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

रुपन्देही जिल्ला प्रतिनिधि रीमा बिसीका अनुसार ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सैनामैना नपा–३ का २२ वर्षीय राम शाह तामाङलाई साउन ९ गते सैनामैनाबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले साउन ९ गते बलात्कार गरेको भन्दै पीडितपक्षले सोही दिन  इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएको डिएसपी प्रतितसिंह राठौरले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा  बताउनु भयो । पीडितपक्षले  दिएको उजुरीका आधारमा कारवाही अगाडि डिएसपी राठौरले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन ९ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको छ ।

यसैगरी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सैनामैना नपा–१ का ५० वर्षीय यम बहादुर भण्डारीलाई असार ८ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले जंगलमा असार २४ गते जङ्गलमा  च्याउ टिप्न गएको बेला बलात्कार गरेको भन्दै  पीडितले  साउन ८ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएको पीडितका दाजुले इन्सेक प्रतिनिधिलाई  फोन मार्फत बताउनु भयो ।

पीडितले दिएको उजुरीका आधारमा कारवाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी प्रतितसिंह राठौरले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन ८ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको प्रहरीले जनायो ।

गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालका अनुसार १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले  १७ वर्षीय बालकलाई साउन ९ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले साउन ८ गते यौन दुर्व्यवहार  गरेको भन्दै पीडितपक्षले साउन ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको  इन्स्पेक्टर राजकुमार रावलले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

असार १८ गते आएको पहिरोका कारण  पीडित आरोपित दुबै जना परिवार सहित विस्थापित भएर विद्यालयमा बस्नु भएको छ ।

पीडितको स्वास्थ्य परीक्षण साउन ९ गते जिल्ला अस्पताल, तम्घासमा गरिएको छ ।

रुकुम पुर्व जिल्ला प्रतिनिधि जयमान बुढा मगरका अनुसार २१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा  प्रहरीले २४ वर्षीय नातेदारलाई साउन १० गते घरबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले साउन  ९ गते राती बलात्कार प्रयास गरेको भन्दै पीडितपक्षले साउन १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी  गजुसिद्धि बज्राचार्यले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो । साउन ११ गते जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको डीएसपी बज्राचार्यले बताउनु भयो ।

पीडितको  स्वास्थ्य परीक्षण साउन ११ गते  जिल्ला अस्पताल, रुकुमकोटमा गरिएको छ ।

अन्य

भिडियो