१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले देवदह नगरपालिका–११ रेहराका ३८ वर्षीय अनिल पासीलाई फागुन १७ गते देवदहबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले फागुन १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित विरूद्ध फागुन १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको डिएसपी खडकबहादुर खत्रीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन १७ गते भीमअस्पताल भैरहवामा गरिएको प्रहरीले जनायो ।