बर्दिया जिल्ला प्रतिनिधि मानबहादुर चौधरीका अनुसार ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बारबर्दिया नपा–८ भगतपुरका २१ वर्षीय चन्दराम विकलाई भदौ ४ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले भदौ ३ गते बलात्कार गरेको भन्दै पीडितपक्षले भदौ ५ गते इलाका प्रहरी कार्यालय बानियाभारमा उजुरी दिएको इन्स्पेक्टर हिक्मतबहादुर भण्डारीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ ४ गते जिल्ला अस्पताल, गुलरियामा गरिएको छ ।
दाङ जिल्ला प्रतिनिधि जय नारायण पुनका अनुसार सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा–७ का १७ वर्षीय युवकलाई भदौ ५ गते गिरफ्तार गरेको छ ।
बालिकालाई आरोपितले भदौ ३ गते बलात्कार गरेको भन्दै पीडितपक्षले भदौ ४ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी इन्स्पेक्टर चक्रडम्वर पालले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ ४ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको छ ।