३५ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले छतिवन गाविस–३ का ३९ वर्षीय अमरबहादुर घिसिङलाई भदौ २९ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले भदौ २७ गते बलात्कार गरेको आरोपमा पीडितले जिल्ला प्रहरी कार्यालय हेटौंडामा भदौ २८ गते उजुरी दिएकी थिइन् ।
पीडित महिलाको स्वास्थ्य परीक्षण भदौ २९ गते हेटौंडा अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।