INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्य र शिक्षा क्षेत्रमा बन्द हड्ताल नगरः अधिकारकर्मी

नयाँबजारस्थित गण्डकी मेडिकल कलेजमा विद्यार्थी र व्यवस्थापन पक्षका बीचको विवादका कारण अस्पतालको बाह्य उपचार कक्षमा तालाबन्दी गरिएको घटनाप्रति अधिकारकर्मीहरूले ध्यानाकर्षण भएको जनाएका छन् ।

शान्तिका लागि नागरिक समाजको सञ्जालका तर्फबाट अधिकारकर्मीहरूले माघ २९ गते एक प्रेस विज्ञप्ति जारी गर्दै नागरिकलाई सुलभ स्वास्थ सेवा उपलब्ध गराउनुपर्ने निकाय बन्द हुँदा नागरिकको स्वास्थ अधिकार हनन् हुने उल्लेख गर्दै तत्काल समस्या समाधान गरि सेवा सुचारू गर्न माग समेत गरेको छ ।

विज्ञप्तिमा विद्यार्थीहरूले नेपाल सरकारले तोकेको शुल्क भन्दा बढी शुल्क तिरिरहेको भन्ने पाईएकोले सो सम्बन्धमा बुझ्दा २०७२ सालमा नेपाल सरकारले तोकेको शुल्क भन्दा बढी शुल्क लिएको भन्ने पाइएको उल्लेख छ ।

सो प्रकारका अनियमितता तुरून्त बन्द हुनु गर्न तथा अनियमितता गर्नेलाई कानुन बमोजिम कारवाही गर्न समेत विज्ञप्तिमार्फत् माग गरिएको छ ।

कलेज प्रशासनले अवैधानिक रूपमा शिक्षण शुल्क असुलेको भन्दै माघ १७ गते देखि आन्दोलित विद्यार्थीहरूले माघ २२ गते देखि अस्पतालमा तालाबन्दी गरेका छन् ।

Photo20190213Kaski

अन्य

भिडियो