INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्रकारलाई धम्की दिएको घटनाका आरोपितलाई कारवाहीको माग

राष्ट्रिय युवा संघ जाजरकोटका पुर्व अध्यक्ष दिपेन्द्र शाहीले समाचार लेखेकै आधारमा भेरीमालिका दैनिकका कार्यकारी सम्पादक रेशमबहादुर खड्कामाथि ०७७ असार २५ गते बेलुका दुर्व्यवहार गरिएको घटनाको नेपाल पत्रकार महासंघ जाजरकोटले निन्दा गरेको छ ।

महासंघ जाजरकोटका अध्यक्ष भिमबहादुर सिंह र सचिव हेमन्त केसीद्वारा असार २६ गते संयुक्त रुपमा जारी विज्ञप्तिमा पत्रकारलाई धम्क्याउने, आक्रमणको प्रयास गर्ने गतिविधिहरू नगर्न सम्वन्धित पक्षलाई सचेत गराउँदै समाचारमा चित्त नबुझे कानुनी उपचार खोज्ने बाटो हुँदाहँुदै पत्रकारलाई भौतिक आक्रमणको प्रयास गर्नेलाई कारवाहीको माग गरिएको छ ।

वैशाख १२ गते भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीमाथिको आक्रमणपछि पत्रकार खड्काले वैशाख १३ गते भेरीमालिका दैनिकमा लेखेको ‘युवा संघ जाजरकोटका संयोजक शाही प्रहरी नियन्त्रणमा’ शिर्षकको समाचारको विषयमा संघका पुर्व अध्यक्ष शाहीले खलंगाको शान्ति चौतारामा हातपातको प्रयास गरेको पीडितको आरोप छ ।

समाचारको विषयमा आफूलाई माफी माग्न भनिएको र माफी नमागेपछि मोटरसाइकलको चाबी खोसेर धम्क्याएको र हातपातको प्रयास गरेको पत्रकार खड्काले इन्सेक प्रतिनिधिसँग बताउनुभयो ।

अन्य

भिडियो