INSEC Online

📅 २०८३ जेष्ठ २१

जातीय विभेद घटनाका आरोपित गिरफ्तार

गुठीचौर गाउँपालिका–३ गज्यांकोट गाउँकी २२ वर्षीया कविता बुढालाई जातीय विभेद गरेको आरोपमा प्रहरीले ०८२ चैत १६ गते गिरफ्तार गरेको छ ।

चैत १५ गते बेलुकी चन्दननाथ नगरपालिका–५ कालेखोलीको एक सार्वजनिक होटलमा गुठीचौर गाउँपालिका–३ गज्यांकोटकै २७ वर्षीय राजबहादुर सुनारलाई अपशब्द प्रयोग गरी जातीय विभेद गरेको आरोपमा प्रहरीले आरोपितलाई गिरफ्तार गरेको हो । उक्त अपशब्द प्रयोग गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

जातीय विभेद घटनाका पीडित पक्षले चैत १५ गते जिल्ला प्रहरी कार्यालय, जुम्लामा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको डिएसपी नविनबाबु रेग्मीले बताउनु भयो ।

त्यस्तै उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि पत्रकार महेश नेपालीलाई घटनाका आरोपित बुढाले अपशब्द प्रयोग गरी गालीगलौज गरेपछि नेपाल पत्रकार महासंघ जुम्लाले प्रेस विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएको छ ।

मानदत्त रावल

अन्य

भिडियो